राजनीति


वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैन, संसद् पुनर्स्थापना हुनुपर्छः ओली

वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैन, संसद् पुनर्स्थापना हुनुपर्छः ओली

पत्रकारसँग ओली/तस्बिर : रासस


नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १५:५०, काठमाडौँ

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई  निर्वाचन गराउने अधिकार नरहेको बताएका छन्।

आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै निर्वाचन गराउने अधिकार नरहेको जिकीर गरे। 

उनले एमाले निर्वाचनबाट नभागोस् भन्ने गरिएको भन्दै एमाले निर्वाचन गराउनुपर्छ भन्ने पक्षमा रहेको दाबी पनि गरे।

देशको सबैभन्दा ठूलो र मजबुत पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने उनले स्पष्ट पारे।

यति धेरै हतियार लुटिएको, धेरै कैदीबन्दीहरू फरार रहेको समयमा निर्वाचन हुन नसक्ने उनको भनाई थियो। अहिलेको सरकारसँग निर्वाचन गराउने केको हक छ? भनी प्रश्न पनि गरे।

उनले भने, ‘कतिपय साथीहरूले भनेको सुनिन्छ, चुनावका लागि भाग्ने होइन, नेकपा एमाले। भनिरहनुपर्छ र भन्या? देशको सबैभन्दा ठूलो, सबैभन्दा मजबुत पार्टी चुनावबाट भाग्ने होइन, त्यस्ता लुते कुरा गरिरहनुपर्छ र? गर्ने नै होइन नि। चुनाव भए, हामी त चुनाव गराउन चाहन्छौँ। तर यत्रा हतियार बाहिर, यत्रा कैदीबन्दीहरु बाहिर छन्। यस्तो सरकार। असंवैधानिक सरकार। योसँग चुनाव गराउने केको हक छ? हक नै छैन। यो अनधिकृत हो। त्यसकारण यस्तो अनधिकृत, अनुभवविहीन छ।’

अध्यक्ष ओलीले सबैले तत्काल विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्नुपर्नेमा जोड दिए। 

‘हामी सबैले सबैका लागि विघटित प्रतिनिधि सभाको तत्काल पुनःस्थापनाको माग जोडदार ढंगले अघि बढाउनुपर्छ’ उनले भने, ‘मिडियाहरू देशलाई माया गर्दछन् भने तिनका सम्पादकीय यस्तामा लेखिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad