कारोबार


एमएडब्लू वृद्धि मोटर्सले बिर्तामोडमा सार्वजनिक गर्‍यो नयाँ नामी भिगो

एमएडब्लू वृद्धि मोटर्सले बिर्तामोडमा सार्वजनिक गर्‍यो नयाँ नामी भिगो

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १५:५६, बिर्तामोड

डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले बिर्तामोडमा स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगो आधिकारिक रूपमा अनावरण गरेको छ। 

अनावरण कार्यक्रममा प्रमुख अतिथि श्रीप्रसाद मैनाली, पूर्वप्रदेशसभा सदस्य, विशेष अतिथि कुमारमणि पोख्रेल, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ-कोशी प्रदेश, एलपी उप्रेती, केन्द्रीय समिति सदस्य, प्याब्सन, दिल्लीराम मैनाली, अध्यक्ष, रोटरी क्लब, विवेक सिकारिया, प्रबन्धनिर्देशक, एमएडब्ल्यू वृद्वि, एमएडब्ल्यू वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्तले संयुक्त रूपमा सम्पन्न गरे। 

कार्यक्रममा व्यवसायी, ग्राहक, सञ्चारकर्मी तथा स्थानीय उद्योग-वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

डोंगफेंगको अत्याधुनिक क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा निर्मित नामी भिगोले बलियो डिजाइन, स्मार्ट फिचर र उत्कृष्ट प्रदर्शनका साथ नेपालका मिड-साइज इलेक्ट्रिक एसयुभीको स्तरलाई नयाँ उचाइमा पुर्याएको छ। यसका म्याजिक क्युब डिजाइनले आधुनिक र एरोडाइनामिक स्ट्रक्चरलाई संयोजन गरी नामी ब्रान्डको नयाँ डिजाइन पहिचान विकास गरेको छ।

नामी भिगोमा रहेको ९९ केडब्ल्यु मोटरले शहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेशन र स्मूथ ड्राइभ प्रदान गर्ने कम्पनीले जनाएको छ।

यसमा दुईवटा ब्याट्री विकल्प उपलब्ध छन्: ४४.९४ केडब्ल्युएच (डब्ल्युएलटीपी रेन्ज ३०० किमि) र ५१.८७ केडब्लुएच (डब्ल्यूएलटीपी रेन्ज ३५० किमि)। यसले थ्रिसी अल्ट्राफास्ट डीसी चार्जिङ (१६७ केडब्ल्यू) सपोर्ट गर्दछ जसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र १८ मिनेटमा चार्ज गर्न सकिन्छ जसले गर्दा केही मिनेटमै ११५ किमीसम्मको रेन्ज थपिदिन्छ।

सेग्मेन्ट-फर्स्ट फिचरहरू
•    हेभन एन्ड अर्थ टेलगेट – दुई भागमा खुल्ने टेलगेट, १५० किलोसम्म भार धान्न सक्षम
•    बाहिरी मनोरञ्जनका लागि एक्सटेरियर म्युजिक स्पिकर
•    संगीतको ताल र मुडसँगै चल्ने म्युजिक सिंक एम्बियन्ट लाइटिङ
•    व्यक्तिगत आरामका लागि मेमोरी र वेलकम सीटहरू
•    थ्रिसी फास्ट चार्जिंग सिस्टम - झन्झटरहित फास्ट चार्जिङ

श्रेणीमै उत्कृष्ट प्रविधि र सुरक्षा
नामी भिगोमा लेभल २ अड्यास, ३६० डिग्री क्यामेरा, अड्याप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जिंग र मल्टी-मोड स्टेयारिंग उपलब्ध छ।

भित्री भागमा १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड जिरो-प्रेसर सीटहरू, र पानोरेमिक मोनोरुफ जस्ता सुविधाले प्रिमियम अनुभव प्रदान गर्छन्।

सुरक्षाका लागि कठोर परीक्षण गरिएको जिरो फायर/एक्स्प्लोजन टेस्ट म्याच ब्याट्री सिस्टम, ६८.४ प्रतिशत हाइ-स्ट्रेन्थ स्टिल बडी र ६ वटा एअरब्यागहरूको संयोजन गरिएको छ।

मूल्य र उपलब्धता
नामी भिगो ई२ को मूल्य ३८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ भने ई२प्लस भेरियन्ट ४१ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ।

विशेष प्रारम्भिक अफरअन्तर्गत, भिगो ई२ ३७ लाख ९९ हजार रुपैयाँमा र ई२प्लस ४० लाख ९९ हजार रुपैयाँमा प्राप्त गर्न सकिन्छ।

एमएडब्लू वृद्धिका प्रबन्धनिर्देशक विवेक सिकारियाले भने, “नामी ०१ ले देशभरि १,००० भन्दा बढी सन्तुष्ट ग्राहकहरू भएपछि भिगोले हाम्रो दृष्टिकोण थप फराकिलो बनाएको छ। यसको पावर, लक्जरी र स्मार्ट प्रविधि, आजको आधुनिक नेपाली जीवनका लागि एकदमै उपयुक्त छ।”

“बोल्ड एण्ड बिल्ट फर यू एसयुभी” नाम डिजाइन थिम बोकेको नामी भिगो नेपाली इलेक्ट्रिक मोबिलिटीको भविष्यको प्रतीक हो जहाँ स्टाइल, सुरक्षा र प्रविधि एकसाथ मिलेर अधिक स्मार्ट, अधिक आत्मविश्वासी ड्राइभको अनुभव दिन्छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad