राजनीति


बाबुरामको विश्लेषण: नेपाल इतिहासमै सबभन्दा कमजोर अवस्थामा

बाबुरामको विश्लेषण: नेपाल इतिहासमै सबभन्दा कमजोर अवस्थामा

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार ८:४१, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल अहिले इतिहासकै कमजोर, अस्थिर र अन्योलको अवस्थामा रहेको बताएका छन्। 

आइतबार बिहानै सामाजिक सञ्जालमा लेख्दै भट्टराईले एकअर्काविरुद्ध आरोप-प्रत्यारोपमा नलागी मिलेर देशको संकट समाधानमा लाग्न सबै पक्षलाई अपिल गरेका छन्। 

अन्यथा इतिहासले कसैलाई माफ नगर्ने चेतावनी पनि उनले दिएका छन्। 

‘नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, सुरक्षा, संस्कृति, मनोबल यतिबेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थीर र अन्योलको अवस्थामा छ’, डा भट्टराईले लेखेका छन्, ‘घरमा आगो लागेको बेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप-प्रत्यारोप गर्ने बेला यो हैन। बरु सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो। सबैले गम्भीर आत्म-समीक्षा गरौँ। नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन।’ 

जेनजी आन्दोलनपछि बदलिएको नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण आवश्यक रहेको भन्दै उनले छलफल पनि थालेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad