ग्लोबल


उत्तर प्रदेश : ढुंगा खानीमा पर्खाल भत्किँदा कम्तीमा १० जना पुरिएको आशंका, उद्धार प्रयास जारी

उत्तर प्रदेश : ढुंगा खानीमा पर्खाल भत्किँदा कम्तीमा १० जना पुरिएको आशंका, उद्धार प्रयास जारी

घटनास्थल


नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार ८:५२, काठमाडौँ

उत्तर प्रदेशको सोनभद्रमा रहेको ढुंगा खानीमा पर्खाल भत्किँदा धेरै मानिस पुरिएका छन्।

सोनभद्र जिल्ला मजिस्ट्रेट (डीएम) ले उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको बताएका छन्। 

बीबीसी हिन्दीका अनुसार डीएम बीएन सिंहले भने, ‘पर्खाल भत्किँदा केही मानिस पुरिएको रिपोर्ट आएको छ। प्रहरी र प्रशासन घटनास्थलमा उपस्थित छन्।’

उनले थपे, ‘अल्ट्राटेक, दुशन र ओब्रा पावर कर्पोरेसनमार्फत फसेका मानिसहरूलाई उद्धार गर्ने प्रयास भइरहेको छ। एनडीआरएफ र एसडीआरएफ टोली मिर्जापुरबाट प्रस्थान गरेका छन्।’

खानीमा फसेका मानिसहरूको संख्या र हताहतको संख्याबारे सोध्दा जिल्ला मजिस्ट्रेटले अहिले कुनै स्पष्ट जानकारी नभएको बताए।

समाचार एजेन्सी पीटीआईका अनुसार खानीमा लगभग १० जना फसेका छन्। एएनआईले भने खानीमा लगभग १५ जना फसेको उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad