पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफल सुरु भएको छ।
नयाँ र वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच यस्तो छलफल सुरु भएको जानकारी पूर्वप्रधानमन्त्री भट्टराईले दिएका हुन्।
जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्ने उद्देश्यले यस्तो छलफल सुरु गरिएको हाे।
छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डीपी अर्याल, नेपाल समाजवादी नयाँ शक्तिका आयोजक समितिका संयोजक दुर्गा सोब, प्रगतिशील अभियानका नेताहरू जनार्दन शर्मा र सुदन किराँती, मानुसी यमी, विवेकशील साझाकी समीक्षा बास्कोटा, उज्यालो नेपालका, गणेश घिसिङ, राजु थापा लगायत सहभागी छन्।
भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि यो छलफल सुरु भएको बताइएकाे छ। त्यसको मध्यस्थता डा. भट्टराईले गरेका छन्।




Shares

प्रतिक्रिया