राजनीति


विवाद सुल्झाउन कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

विवाद सुल्झाउन कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १०:१०, काठमाडौँ

महाधिवेशनलाई लिएर उत्पन्न विवाद समाधान गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

कांग्रेस केन्द्रीय कार्याल्य, सानेपामा आज दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। महाधिवेशनका विषयमा सहमति जुटाउन कार्यसम्पादन समितिको बैठक बोलाइएको जनाएको छ। 

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भने शनिबार दिउँसो २ बजे बस्ने बोलाइएको छ। महाधिवेशनका विषयमा सहमति जुट्न नसक्दा केन्द्रीय कार्यसमितिको बैठक लम्बिँदै आएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक गत असोज २८ गते शुरू भएको हो। 

कांग्रेस संस्थापन पक्षले प्रतिनिधि सभाको निर्वाचनपछि महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले भने प्रतिनिधि सभाको चुनावअघि महाधिवेशन गर्नुपर्ने माग गरेको छ। महामन्त्री थापाले बिहीबारको बैठकमा आउँदो मंसिर २७ गते विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए। 

केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे र किशोरसिंह राठौरले बोलेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad