राजनीति


नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच आज एकता हुँदै

नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच आज एकता हुँदै

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार ७:२२, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच आज एकता घोषणा हुँदैछ। 

राष्ट्रिय सभागृहमा बुधबार दिउँसो २ बजे एकता घोषणा सभा राखिएको नेकपाका नेता गणेशमान पुनले जानकारी दिए। 

रावललाई पार्टीमा नारायणकाजी श्रेष्ठपछिको वरीयता दिने सहमति भएको छ।  रावलसँगै आज पूर्व सांसद प्रकाशबहादुर शाह पनि नेकपामा समाहित हुँदै छन्।

माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका १० वटा वामघटकबीच यही कात्तिक १९ गते भएको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीको परिलो वरीयतामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दोस्रो बरियतामा माधवकुमार नेपाल छन्।  

त्यसैगरि तेस्रो वरीयतामा झलनाथ खनाल हुँदो चौथो वरीयतामा वामदेव गौतम र पाँचौ वरीयतामा नारायणकाजी श्रेष्ठ रहने टुंगो लागेको छ। छैटौँ वरीयतामा रावल रहने बताइएको छ। 

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भइ बनेको तत्कालीन नेकपाको ९ जना सचिवालय सदस्यमध्य अहिले ५ जना नेपाली कम्युनिस्ट पार्टीमै छन्। 

जसमा प्रचण्ड, नेपाल, खनाल, गौतम र श्रेष्ठ थिए। त्यतिबेला रावल भने सचिवालय सदस्य थिएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad