कारोबार


सोनापुर मिनरलले तिर्‍यो विद्युत् महसुल बक्यौताको पहिलो किस्ता, जोडियो लाइन

सोनापुर मिनरलले तिर्‍यो विद्युत् महसुल बक्यौताको पहिलो किस्ता, जोडियो लाइन

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार ७:२८, काठमाडौँ

दाङको घोराहीस्थित सोनापुर मिनरल एन्ड आयल प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापत तिर्न बाँकी प्रिमियम महसुलको पहिलो किस्ता मंगलबार तिरेको छ।

पहिलो किस्ता तिरेपछि कात्तिक ७ देखि काटिएको विद्युत् लाइन मंगलबार साँझ नै जडान गरिएको छ।

सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो।

सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ तिर्न बाँकी छ।

बक्यौतालाई २८ किस्तामा विभाजन गरी सोनापुर मिनरले ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad