राजनीति


मधेस प्रदेशमा झडप: सांसद र प्रहरीसहित १० जना घाइते

मधेस प्रदेशमा झडप: सांसद र प्रहरीसहित १० जना घाइते

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १९:५६, काठमाडौँ

मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिको विषयमा नेपाली कांग्रेससहित असन्तुष्ट पक्षले प्रदर्शन गरेको छ। प्रदर्शनमा ५ प्रहरीसहित १० जना घाइते भएका छन्।  

मधेस भवनअगाडि भएको प्रदर्शनमा ५ जना प्रहरी र ५ जना असन्तुष्ट पक्षका प्रदर्शनकारी घाइते भएका हुन्। 

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव पदभार ग्रहणका लागि मधेस भवनभित्र हुँदा बाहिर तनावग्रस्त भएको थियो। यहीक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।

झडपको क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुंगामुढाबाट ५ जना प्रहरी सामान्य घाइते भएका छन् भने प्रहरीको लाठी प्रहारबाट ५ जना प्रदर्शनकारी घाइते भएका हुन्। घाइते हुनेमा सांसदहरू पनि छन्।  

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad