राजनीति


नक्खु कारागार पुगेर रवीन्द्रले भेटे रवि, डेढ घण्टा गरे गफ

नक्खु कारागार पुगेर रवीन्द्रले भेटे रवि, डेढ घण्टा गरे गफ

रवीन्द्र मिश्रका अनुसार यो तस्बिर भने चार वर्षअघिको हो।


नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १९:५८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज (मंगलबार) ललितपुरस्थित नक्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्। 

यस क्रममा रविसँग डेढ घण्टाभन्दा बढी समय कुरा गरेको मिश्रले जानकारी दिएका छन्।

मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डेढ घण्टाभन्दा लामो छाती खोलेर गरिएको गफको अन्त्यमा रविले भने, 'हाम्रो यो बाल्यकालदेखिको दाइभाइको गफ हो। खुब मजा आयो।' अंकमाल गरेर गफ सुरु गरेका थियौँ, अंकमाल गरैरै टुंग्यायौँ।’

जेलमा रहँदा पनि रविको ऊर्जा र आत्मविश्वास देखेर आफू प्रभावित भएको मिश्रले उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, ‘आजको भेटमा रविको ऊर्जा, आत्मविश्वास र दृढता देखेर म असाध्यै खुसी भएँ। उनले भने, 'म यिनीहरूसँग लड्ने नै हो दाइ। म त यहाँ आनन्दमा छु। पीडामा त यिनीहरू छन् नि!'

पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने सहकारी ठगी मुद्दामा जेल परेका हुन्। यद्यपि उनको मुद्दाको फैसला हुन बाँकी छ। 

यस क्रममा मिश्रले रविविरुद्ध तत्कालीन (ओली) सरकारले प्रतिशोध साँधे पनि वर्तमान सरकारले त्यसो नगर्ने विश्वास पनि व्यक्त गरेका छन्। 

उनले लेखेका छन्, ‘धेरै अघि नै मैले भनिसकेको थिएँ, रविको केसलाई तात्कालीन सरकारले जसरी ह्यान्डल गर्‍यो, त्यो पूर्णत: प्रतिशोधबाट प्रेरित थियो। वर्तमान सरकारले प्रतिशोध साँध्ने छैन भन्नेमा म पूर्णरूपले विश्वस्त छु।’

रविसँग भेटबारे मिश्रको पूरा कुरा-

आज रवि लामिछानेलाई भेटेपछि !

औपचारिक कार्यक्रममा सम्मानजनक भाषा प्रयोग गरे पनि अनौपचारिक अवस्थामा मैले नेपालमा 'तिमी' भनेर सम्बोधन गर्ने थोरै मान्छेमा रवि पनि पर्छन्।

सामान्यतया म २०/२२ वर्षका युवालाई पनि 'जी'ले सम्बोधन गर्छु र 'तपाईँ' भन्छु। मलाई पनि त्यसै गर्न अनुरोध गर्छु। कतिपयले मान्नुहुन्न, त्यो भिन्दै कुरा हो।

रवि र म बाल्यकालमा लगभग एउटै टोलमा हुर्कियौँ। रविको दाइ हरिशरण पनि मेरो तिमी-तिमीको साथी।

डेढ घण्टाभन्दा लामो छाती खोलेर गरिएको गफको अन्त्यमा रविले भने, हाम्रो यो बाल्यकालदेखिको दाइभाइको गफ हो। खुब मजा आयो।’

अंकमाल गरेर गफ सुरु गरेका थियौँ, अंकमाल गरैरै टुङ्ग्यायौँ।

राजनीतिक रूपमा कहिलेकाहीँ घोचपेच भए पनि मेरो रविप्रतिको मानवीय सद्‌भाभावमा कहिल्यै कमी आएन।

धेरै अघि नै मैले भनिसकेको थिएँ- रविको केसलाई तात्कालीन सरकारले जसरी ह्यान्डल ल गर्‍यो, त्यो पूर्णत: प्रतिशोधबाट प्रेरित थियो। वर्तमान सरकारले प्रतिशोध साँध्ने छैन भन्नेमा म पूर्ण रूपले विश्वस्त छु।

आजको भेटमा रविको ऊर्जा, आत्मविश्वास र दृढता देखेर म असाध्यै खुसी भएँ। उनले भने, म यिनीहरूसँग लड्ने नै हो दाइ। म त यहाँ आनन्दमा छु। पीडामा त यिनीहरू छन् नि!’

हाम्रो राजनीतिक बाटो फरक होला तर मेरो धेरैधेरै शुभकामना छ रवि तिमीलाई ! (फोटो: ४ वर्ष पहिलेको)   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad