निर्वाचन आयोगले फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल गरेको छ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले अपिलपत्र सार्वजनिक गर्दै फागुन २० गतेसम्म १८ वर्ष पूरा नहुनेहरूले भने निर्वाचनपछि पनि नाम दर्ता गर्न सक्ने जानकारी गराएका हुन्।
'नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अधिक चापलाई व्यवस्थापन गर्न र सहज रुपमा सेवा प्रवाह गर्न दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा ६/६ घण्टाका दरले दुई सिफ्टमा (दैनिक १२ घण्टा) सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ,' अपिल पत्रमा उल्लेख छ।
उनले काठमाडौँ उपत्यकाको हकमा तीनै जिल्लाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइएको बताएका छन्।
अन्य जिल्लाको हकमा भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापमा आधारमा थप जनशक्ति खटाउने गरी गृहमन्त्रालयमा पत्राचार गरिएको पनि अपिलपत्रमा उल्लेख छ।
Shares

प्रतिक्रिया