राजनीति


महाधिवेशन विवादले पार्टी विभाजनसम्मको अवस्था ल्याउनसक्छः शेखर कोइराला

महाधिवेशन विवादले पार्टी विभाजनसम्मको अवस्था ल्याउनसक्छः शेखर कोइराला

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १७:२, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले विभाजनसम्मको अवस्था ल्याउनसक्ने चेतावनी दिएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित वा विशेष महाधिवेशनबारे पार्टी केन्द्रीय समिति बैठकले निर्णय गर्न नसके पार्टी विभाजनको अवस्था आउनसक्ने चेतावनी दिएका हुन्। 

पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको बताउँदै नेता कोइरालाले उक्त हस्ताक्षर प्रमाणीकरणको प्रक्रिया सुरु हुने दिनदेखि नै कांग्रेस विभाजनको सम्भावना रहेको बताउँदै केन्द्रीय समिति बैठकले नै निष्कर्ष निकाल्नुपर्ने बताए। 

उनले बहुमत हस्ताक्षरको बलमा महाधिवेशन हुनेमा शंका नरहेपनि पार्टी एकता जोगाउन केन्द्रीय समितिकै बैठकबाट महाधिवेशनसम्बन्धी निर्णय लिनुपर्नेमा जोड दिए।

उनले भने, ‘विशेष महाधिवेशनको माग गर्ने ५५ प्रतिशत साथीहरू जो हुनुहुन्छ। त्यसमा हस्ताक्षर प्रमाणीकरण सुरु गरेको दिनदेखि नै विभाजन हुने सम्भावना हुन्छ। ४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौं भने पनि विभाजन त भयो नि। बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना देखियो। त्यसकारण केन्द्रीय समितिको बैठकले नै निर्णय गर्यो भने शतप्रतिशत महाधिवेशनकै पक्षमा हुन्छन् भनेर त्यहीँबाट निर्णय गरौं भन्ने मेरो मान्यता हो। ५५ प्रतिशत हस्ताक्षर जुन भएको छ त्यसमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन। बाध्यात्मक हुन्छ। तर पार्टी विभाजनतिर नजाओस् भनेर हामीले केन्द्रीय समिति बैठकबाटै निर्णय खोजेका हौं।’

पार्टी विभाजनको दिशामा जान नदिन आफूले मध्यमार्गी भूमिका खेलिरहेको नेता कोइरालको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad