सोमबार मधेस प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारमा मन्त्री बनेको विषयमा राप्रपाले आफ्ना सांसदलाई स्पष्टीकरण सोधेको छ।
उक्त पार्टीको केन्द्रीय अनुशासन समितिका सदस्य सचिव भक्तिप्रसाद सिटौलाले सांसद कञ्चन विच्छा साहलाई किन कारबाही नगर्ने भन्दै २४ घण्टे लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएका हुन्।
मधेसमा यादवको मुख्यमन्त्री नियुक्तिको प्रक्रियालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ। यादवलाई तत्कालीन प्रदेश प्रमुखले बर्दिवासको एक होटलमा शपथ खुवाएकी थिइन्।
यसको विरोधमा कांग्रेससहित ७ दलले तोडफोडसमेत गरे। त्यस्तै सरकार गठनको प्रक्रियामा प्रश्न उठाउँदै यादवको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ।
135
Shares

प्रतिक्रिया