राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले आर्थिक वर्ष २०८/८२को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको सभापति तुलसाकुमारी दाहालले बताइन्।
उनकाअनुसार प्रतिवेदनमा समितिले वर्षभरी समसामयिक विषयमा गरेका निर्णयहरू उल्लेख गरिएको छ।
उनले समितिले प्रदेश तथा स्थानीय तहसँगको छलफल तथा अध्ययनका लागि सुदूरपश्चिम जाने निर्णय गरेको पनि बताइन्।
उनका अनुसार अध्ययनका लागि सुदूरपश्चिम जानको लागि मिति तोक्न बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने छ।
जेन–जी विद्रोहपछि पहिलो पटक संसदीय समिति छलफल तथा अनुगमनका लागि उपत्यका बाहिर जान लागेको हो।
21
Shares

प्रतिक्रिया