राजनीति


युवा संघ नेपालले एक साथ ३ अभियान चलाउने

युवा संघ नेपालले एक साथ ३ अभियान चलाउने

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १४:३५, काठमाडौँ

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले तीन ठूला अभियान सञ्चालन गर्ने भएको छ। 

काठमाडौँमा सम्पन्न भएको संघको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै बैठकले आगामी कार्यदिशा तय गरेको महासचिव महेश चौलागाईंले जारी गरेको आन्तरिक सर्कुलरमा उल्लेख गरिएको छ। 

बैठकले ‘युवा जागरण अभियान’, ‘डिजिटल जेनेरेशनसँग संवाद श्रृंखला’ र ‘राष्ट्र पुनर्निर्माण अभियान’ नामका तीन ठूला कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

उनका अनुसार, यी अभियानहरूले बदलिँदो युवा आकांक्षालाई सम्बोधन गर्दै देश विकासमा युवाको अग्रणी भूमिका सुनिश्चित गर्ने उद्देश्य रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad