नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रतिगमनविरुद्ध प्रतिनिधिसभा पुनर्स्थापनालाई पार्टीको एजेन्डा बनाइएको बताएका छन्।
सोमबार (कात्तिक २४) राष्ट्रिय सभागृहमा रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेतालाई पार्टीमा स्वागत गर्दै उनले अरू राजनीतिक दलका नेताले विभिन्न छलफलमा सुरक्षित बाटो प्रतिनिधिसभा पुनर्स्थापना नै भएको बताउने गरेका उल्लेख गरे।
तर, उनीहरूले नै निर्धारित समयमै निर्वाचन हुनुपर्छ भन्ने गरेका नेता पोखरेलको भनाइ थियो।
'अन्य राजनीतिक दल छलफलमा भन्ने गर्नुहुन्छ– वास्तवमा सुरक्षित बाटो र प्रतिनिधिसभा पुनर्स्थापना नै हो,' उनले भने, 'छलफलमा चुनाव हुने वातावरण छैन, गर्नुपर्छ भन्नुहुन्छ। चुनाव हुन सक्दैन, तर चुनावको कुरा गर्नुपर्छ के भन्या?'
उनले पार्टी छाडेर गएकालाई फर्कन आग्रह गरे। एमाले सही योजनाका साथ अघि बढ्दा पनि समाजलाई चाहेजस्तो नेतृत्व गर्न नसकेको उनले स्वीकार गरे।
Shares

प्रतिक्रिया