राजनीति


प्रचण्ड नेतृत्वको नेकपा र भिम रावलको अभियानबीच कात्तिक २६ गते एकता हुने

प्रचण्ड नेतृत्वको नेकपा र भिम रावलको अभियानबीच कात्तिक २६ गते एकता हुने

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १३:२९, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच यही कात्तिक २६ गते एकता हुने भएको छ। 

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपालसहितका नेतासँगको छलफलपछि नेता रावल नेकपामा जोडिन तयार भएका हुन्। 

आगामी बुधबार राष्ट्रिय सभागृहमा नेकपा र रावत नेतृत्वको अभियानबीच एकता घोषणाको कार्यक्रम तय भएको नेकपाका नेता अग्नी सापकोटाले जानकारी दिए। 

एमालेका पूर्वउपाध्यक्ष र पूर्वगृहमन्त्रीसमेत रहेका रावलले आइतबार मात्रै प्रचण्ड र माधवकुमार नेपालसँग छलफल गरेका थिए।

नेकपामा नेता रावलको वरियता र जिम्मेवारीको विषयमा छलफल भइरहेको सापकोटाले बताए। 

‘उहाँसँग एकता निश्चित भयो। बरियतासहितका विषयमा छलफल चलिरहेको छ,’ सापकोटाले नेपालखबरसँग भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad