राजनीति


एमालेले बोलायो विघटित संसदीय दलको बैठक

एमालेले बोलायो विघटित संसदीय दलको बैठक

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १२:२१, काठमाडौँ

देशको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एमालेले विघटित संसदीय दलको बैठक बोलाएको छ। नेकपा एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक, संवैधानिक निकासका लागि छलफल गर्न आगामी मंसिर २ गतेका लागि बैठक बोलाइएको जानकारी दिए। 

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पनि बर्तौलाले आफूलाई प्रमुख सचेतककै हैसितमा राखेर बैठकको सूचना जारी गरेका हुन्।  

उनका अनुसार बैठक मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।  एमालेले वर्तमान सरकार गठनसँगै प्रतिनिधिसभा विघटन गरिएको कदमलाई असंवैधानिक भन्दै पुनर्स्थापनाको माग गर्दै आइरहेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad