नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजात निर्वाचन आयोगलाई बुझाएको छ।
आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक कागजात बुझाउन पुगेका राजेन्द्रप्रसाद पाण्डेले १० वटा कम्युनिस्ट घटकहरू एक भएर नयाँ पार्टी गठन गरेको जानकारी दिए।
‘हामीले नेपाली कम्युनिष्ट पार्टी भनेर बनाएका छौं। १० वटा घटकहरू एक भएका छौं, जसमा ५ वटा पहिले नै निर्वाचन आयोगमा दर्ता भएर काम गरिरहेका थिए,’ पाण्डेले भने।
कार्तिक १९ गते दल दर्ताका लागि निवेदन दिइएको र आज सबै आवश्यक कागजातहरू पूर्णरूपमा बुझाएको उनले बताए। पाण्डेका अनुसार नयाँ पार्टीको विधान, घोषणा-पत्र, र माइन्युटलगायतका सबै दस्तावेज आयोगलाई व्यवस्थित रूपमा प्रस्तुत गरिएको छ।
गत कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका वाम घटकहरूको एकता घोषणा गरिएको थियो।
Shares

प्रतिक्रिया