राजनीति


नेपाली कम्युनिस्ट पार्टीसँग संवादमा भीम रावल, एकताबारे के भने?

नेपाली कम्युनिस्ट पार्टीसँग संवादमा भीम रावल, एकताबारे के भने?

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १८:४४, काठमाडौँ

मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका नेता भीम रावल नेपाली कम्युनिस्ट पार्टीसँग संवादमा जोडिएका छन्। 

आइतबार उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसँग छलफल गरेका हुन्। 

नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार खासगरि प्रचण्ड र नेपालले नै रावललाई छलफलका लागि बोलाएका थिए। 

हात्तीवनमा भएको छलफलमा रावलले एकताका लागि राष्ट्रिय स्वाधिनता मुख्य विषय हुने बताएका थिए। 


‘उहाँलाई संयोजक, सहसंयोजकले बोलाउनु भएको थियो,’ ज्वालाले भने, ‘एकता प्रक्रियामा तपाईं पनि जोडिनुहोस् भनेर हामीले भन्यौँ।’ 

रावलकाे भनाइ उल्लेख गर्दै उनले थपे, ‘उहाँले पनि राष्ट्रिय स्वाधिनताको कुरा, राष्ट्रिय सुरक्षाको कुरा मुल कुरा हो। त्यसका लागि एकतावद्ध हुने कुरा धेरै महत्वपूण हो।’

उनले आफू एकताका लागि सकरात्मक रहेको तर आफ्नो अभियानका साथीहरूसँग छलफल गरेर खबर गर्ने जवाफ दिएका थिए।
 
‘मेरो मातृभूमि जागरण अभियान पनि छ, त्यसमा साथीहरू हुनुहुन्छ,’ रावलको भनाइ थियो, ‘उहाँहरू संगठित हुनुहुन्छ। म सल्लाह गर्छु। म सकरात्मक छु। म सल्लाह गरेर खबर गर्छु भनेर भन्नु भएको छ।’

यसअघि नेपाली कम्युनिस्ट पार्टी एकता घोषणको पूर्वसन्ध्यामा प्रचण्डले पनि रावल एकताका लागि सकरात्मक रहेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad