राजनीति


रास्वपाको बटमलाइन- गैरदलीय राष्ट्रपति, प्रत्यक्ष निर्वाचित कार्यकारी

रास्वपाको बटमलाइन- गैरदलीय राष्ट्रपति, प्रत्यक्ष निर्वाचित कार्यकारी

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १५:७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र, गैरदलीय र प्रतिष्ठित व्यक्ति राष्ट्रपतिलाई राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउनेगरि संविधान संशोधन गनुपर्ने प्रस्ताव गरेको छ। 

शुक्रबार चितवनको सौराहामा सुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा विज्ञले नेतृत्व गर्ने गरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र ५ वटा प्रदेश मन्त्रालय हुनुपर्ने पनि उल्लेख गरिएको छ। 

त्यस्तै संवैधानिक र न्याय परिषद् खारेज गरेर न्यायपालिकाको पुनर्संरचनाको प्रस्ताव पनि गरिएको छ। 

यस्ता छन् रास्वपाले संधिवान संशोधनबाट बदल्न चाहेका मुख्य विषयः
• स्वतन्त्र, गैरदलीय र प्रतिष्ठित व्यक्ति राष्ट्रपति। राष्ट्रियसभा अध्यक्ष नै उपराष्ट्रपति। राष्ट्रियसभा, राष्ट्रिय एकता झल्किने गैरदलीय र समावेशी 'विद्वत सभा'।

• प्रत्यक्ष निर्वाचित कार्यकारी। प्रधानमन्त्रीले आफ्ना मन्त्री योग्य र विषय विज्ञ नेपाली नागरिकबाट छान्न पाउने व्यवस्था। सांसदको भूमिका विधायकी मात्र।
• संघीयताको पुनर्संरचना। विज्ञले नेतृत्व गर्ने गरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र पाँच वटा प्रदेश मन्त्रालय। अधिकार सम्पन्न स्थानीय सरकार, संख्या पाँच सयभन्दा मुनि।
•सुधारिएको निर्वाचन प्रणाली। संवैधानिक र न्याय परिषद् खारेज, न्यायपालिकाको पुनर्संरचना। राजनीतिक हस्तक्षेमुक्त, अधिकार र स्रोत-साधन सम्पन्न अख्तियार।
•राष्ट्रिय मान्यता प्राप्त दलहरुलाई तिनले प्राप्त गरेको समानुपातिक मतको आधारमा राज्यको अनुदान।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad