नेकपा एकीकृत समाजवादी त्यागेका रामकुमारी झाँक्री र किसान श्रेष्ठले आज बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग भेट गरेका छन्।
एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमा भिडिओ राख्दै भेटघाटको जानकारी दिएका हुन्।
उनले अध्यक्ष ओली र महासचिव पोखरेलसँग भेट गर्न झाँक्री, श्रेष्ठलगायत एकीकृत समाजवादीका ५० जनाभन्दा बढी केन्द्रीय सदस्य आएको दाबी गरेका छन्।
अब यही कात्तिक २४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्कने अभियान’ कार्यक्रम आयोजना गरिने जानकारी पनि बस्नेतले दिएका छन्।
भिडिओ-
231
Shares

प्रतिक्रिया