राजनीति


गृहमन्त्री अर्यालको भविष्य निर्धारण दुई दिनपछि हुन्छः सुदन गुरुङ

गृहमन्त्री अर्यालको भविष्य निर्धारण दुई दिनपछि हुन्छः सुदन गुरुङ

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १६:३६, काठमाडौँ

हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई दुई दिनभित्र राजीनामा दिन चेतावनी दिएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत गुरुङले यस्तो चेतावनी दिएका हुन्। 

उनले अन्यथा गृहमन्त्रीको भविष्य दुई दिनपछि निर्धारण हुने दाबी गरेका छन्।

‘अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ’ उनले भनेका छन्, ‘प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।’

उनले देशभरबाट ‘हत्यारालाई कारबाही गर’ ‘भ्रष्टाचारीलाई कारबाही’ गर भन्ने आवाज उठ्दा ‘जेन्जीलाई कारबाही’ गर सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो भनेका छन्। 

उनले लेखेका छन्, सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्। ओमप्रकाश अर्यालज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हत्यारालाई।’ 

उनले ८४ को चुनाव ८२ मा सार्नलाई मात्र जेनजी आन्दोलन नभएको भन्दै नेपाली जनता र जेनजीका माग सम्बोधन नभए यसपालिको चुनाव हुन नदिने चेतावनी पनि दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad