राजनीति


प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानैपर्छ, तर अहिले होइन : विप्लव

प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानैपर्छ, तर अहिले होइन : विप्लव

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १६:११, काठमाडौँ

कम्युनिष्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विदेशी प्रभाव समाप्त नभएसम्म देशमा निष्पक्ष शासन सम्भव नहुने बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘प्रधानमन्त्री होस् वा राष्ट्रपति, फरक पर्दैन, तर जनताले नै प्रत्यक्ष चुन्ने कार्यकारी प्रमुखतर्फ देश जानुपर्छ।’

तर, उनले हालको परिस्थितिमा त्यो सम्भव नदेखिएको बताए। विप्लवले भने, ‘तर, आजको दिनमा सम्भव छैन। आजको दिनमा प्रत्यक्ष कार्यकारी भनियो भने फेरि यहाँ पैसाका बलमा एनजीओहरू, विदेशी डलरमा नेपाली जनतालाई भ्रष्टीकरण गरेर, ठगेर हाम्रो देशका विरुद्धमा उत्तेजना फैलाउने एनजीओहरुलाई पनि प्रतिबन्ध लगाउनुपर्ने छ। लखेट्नुपर्ने छ।’

उनका अनुसार विदेशी प्रभाव, भ्रष्टाचार र एनजीओको नियन्त्रण अन्त्य भएपछि मात्र नेपालमा निष्पक्ष चुनाव र जनमुखी शासन सम्भव हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad