नेपाली कांग्रेस कोसी प्रदेशका सभापति उद्धव थापाले पार्टी भित्रैबाट गल भाष्य निर्माण गर्दा जनता र कार्यकर्तामा अन्योल बढेको बताएका छन्।
बत्तीसपुतलीमा जारी संस्थापन पक्षको नियमित महाधिवेशन दबाब भेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले केन्द्रीय महामन्त्रीहरूबाटै जनतामा पार्टीको इमेज बिगार्ने गरी गलत भाष्य निर्माण गरिएको बताए।
उनले कांग्रेसलाई जनताले भोट हाल्दैन, जनतामा जान सकिँदैन भन्ने भाष्यले पार्टी लाई क्षति पुर्याए इरहेको बताए।
'कसैले प्रमाणित गर्दिनुस्, ग्यारेन्टी दिनुहोस् हाम्रो नेतृत्वमा भोट आउँदैन भनेर। हामी राजीनामा दिन तयार छौँ,' उनले भने,' भोट कस्ले हाल्छन् कस्ले हाल्दैनन् भनेर ठेक्का लिइदिने को छन्?'
तर उनले नेतृत्व परिवर्तनको स्वभाविक समय भएकाले कार्यकर्तामा देखिएको आकाक्षांलाई सम्मान गर्नुपर्ने बताए।
'मुलुक खरानीमाथि छ। पहिले मुलुकलाई यसबाट मुक्त गरौँ,' उनले भने, 'चुनावबाट प्रतिनिधिसभा आएपश्चात् संवसधानमा देश सही दिशामा हिड्छ।' अहिलेका लागि राष्ट्रको हित प्राथामिक भएको भन्दै उनले पार्टी जीवनको सुधार त्यसपश्चात गर्न सकिने उनले तर्क गरे।
Shares

प्रतिक्रिया