राजनीति


रविले बिगो जम्मा गरेर रिहा गर्न माग गरेको निवेदनमा अघि बढ्यो सुनुवाइ

रविले बिगो जम्मा गरेर रिहा गर्न माग गरेको निवेदनमा अघि बढ्यो सुनुवाइ

रवि लामिछाने। फाइल तस्बिर


नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १४:०, काठमाडौँ

सुप्रिम सहकारी ठगीको मुद्दामा बिगो बापतको धरौटी जमानत लिएर रिह गर्न माग गरेका रवि लामिछानेको निवेदनमा सुनुवाइ सुरु भएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा उनको निवेदन पेसी तोकिएको छ। 

इजलासको तेस्रो नम्बरमा पेसी तोकिएकोमा अगाडीका दुईवटा मुद्दाको आदेश आइसकेको छ। त्यसपछि लामिछानेको निवेदनमा सुनुवाइ सुरु भएको उच्च अदालत बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले बताए। 

रवि लामिछानेकोसँगै यही मुद्दाका प्रतिवादी छविलाल जोशीको पनि निवेदन राखिएको छ। उनीहरु एकै खालको कसुरमा थुनामा छन्। जोशीलाई जिल्ला अदालत रुपन्देहीले थुनामा पठाउन आदेश दिँदा लामिछानेसँग एक करोड धरौटी माग गरेको थियो। 

जोशी धरौटीमा रिहा गर्न माग गर्दै उच्च अदालत गएका थिए। लामिछाने एक करोड धरौटी बढि भएको भन्दै उच्च अदालत पुगेका थिए। तर उच्च अदालतले जोशीलाई थुनामा राख्ने आदेश सदर गर्दै लामिछानेलाई पनि पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो। 

त्यही आदेश सर्वोच्चबाट पनि सदर हुँदा लामिछाने कारागारमै छन्। यसअघि उनले बिगोबापतको धरौटी राखेर रिहा हुन जिल्ला अ दालत रुपन्देहीमा निवेदन दिएका थिए। तर जिल्ला अदालतले यसरी रिहा गर्न अस्वीकार गरेको थियो। जिल्लाले नछाडेपछि उनी अहिले उच्च पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad