नेकपा एकीकृत समाजवादीबाट नेकपा एमालेमा फर्किने तयारीमा रहेको रामकुमारी झाँक्री–किसान श्रेष्ठको समूहले आज (बुधबार) पत्रकार सम्मेलन आयोजना गरेको छ।
बबरमहलस्थित होटल बसेरामा पत्रकार सम्मेलन आयोजना गरिएको श्रेष्ठले जानकारी दिए।
एमालेमा फर्केको घोषणा गर्न पत्रकार सम्मेलन आयोजना गर्नुभएको हो?
नेपालखबरको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै श्रेष्ठले भने, ‘होइन, एमालेमा फर्किन वातावरण तयार गर्ने समूह हो। कोही माओवादीमा जाने, कोही आफ्नो पार्टी बनाउने, आफ्नो घर फर्किने टोलीलाई आह्वान हो आज।’
एकीकृत समाजवादी माओवादी केन्द्रसहित ९ कम्युनिस्ट घटकसँग एकतामा जाने भएपछि झाँक्री-श्रेष्ठसहितका नेता-कार्यकर्ताहरू आफ्नो पुरानै पार्टी एमालेमा फर्किन लागेका हुन्।
यसैबीच नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीबाट एमालेमा फर्किन लागेका नेता-कार्यकर्तालाई स्वागत गर्न तयार रहेको बताएका छन्। तर यसका लागि राखिएको सर्तबारे आफ्नै विवेकले निर्णय गर्न उनले सुझाव दिएका छन्।
माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका नौ वाम घटकबीच आज पार्टी एकता घोषणा हुँदै छ। काठमाडौँको भृकुटीमण्डपमा उनीहरूले बुधबार दिउँसाे १ बजे एकता घोषणा सभा गर्दै छन्।
Shares

प्रतिक्रिया