राजनीति


समाजवादी पार्टी फुटाउने खेलमा संलग्नलाई कारबाही गर्न राप्रपाको माग

समाजवादी पार्टी फुटाउने खेलमा संलग्नलाई कारबाही गर्न राप्रपाको माग

नेपालखबर
बैशाख १४, २०७७ आइतबार १४:४८,

राष्ट्रिय प्रजातन्त्र पार्टीले समाजवादी पार्टी फुटाउने खेलमा संलग्नहरुमाथि कारबाहीको माग गरेको छ।

आइतबार बसेको राप्रपा परामर्श समितिको बैठकले स्वास्थ सामाग्री खरिदमा भ्रष्टाचार गरिएको तथा समाजवादी पार्टी फुटाउने प्रयासमा स्वयं सरकार र सत्तारुढ दल अनैतिक र अपराधिक गतिविधिमा संलग्न रहेको भन्दै यस बिषयमा सत्यतथ्य पत्ता लगाई दोषी उपर कानुनी कारवाही गर्न माग गरेको हो।

कोरोना नियन्त्रण सम्बन्धमा विगतमा दिइएका सुझावहरुतर्फ सरकारले गम्भीर ध्यान नदिएको राप्रपाले जनाएको छ।

स्वास्थ्य सामाग्रीहरुको तत्काल आपूर्ति गरी स्थानीय तहसम्म पुर्‍याउने व्यवस्था गर्न, परीक्षणको दायरा र गति व्यापक तुल्याउन तथा ज्यालादारी एवं न्युन आय भएका विपन्न परिवारलाई दिईने राहत वितरण कार्य व्यवस्थित र पारदर्शी गर्न, उद्योग वाणिज्य, कृषी, पर्यटन र अन्य व्यवसायिक क्षेत्रलाई दिईने कर सुविधा, ऋण र अनुदानको तत्काल घोषणा गर्न, विदेशमा रहेका नेपालीहरुको स्वास्थ र रोजगारी सुरक्षाको निमित्त उपयुक्त व्यवस्था गरी आवश्यक भए देश फर्काउने काम गर्न राप्रपाले पुनः सरकारको ध्यान आकृष्ट गरेको छ।

rpp-3-adhchhyaharu_1.jpg

साथै, कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीको निमित्त बाहेक भारत र चीनसँगको सीमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गर्न पनि राप्रपाले माग गरेको छ।

यस्तै, राप्रपाले कोरोना संक्रमणविरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा सत्तारुढ दल आन्तरिक सत्ता र शक्ति सन्तुलनमा अलमलिनु दुर्भाग्यपूर्ण भएको राप्रपाले ठहर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad