राजनीति


ईपीएस मार्फत कामदार कोरिया पठाउन सरकारले सहजिकरण गर्ने

ईपीएस मार्फत कामदार कोरिया पठाउन सरकारले सहजिकरण गर्ने

नेपालखबर
बैशाख १४, २०७७ आइतबार १४:२५,

सरकारले ईपीएस मार्फत नेपाली श्रमिक कोरिया जान खुला गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले ईपीएस मार्फत कोरिया जाने कामदारलाई पठाउन सहजीकरण गर्ने निर्णय गरेको हो। कोरिया र नेपाल सरकारको समन्वयमा कामदार कोरिया पठाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

यस्तै, मन्त्रिपरिषद्को बैठकले मुलुकभर कोरोना जोखिम न्यूनिकरण अपनाइएको लकडाउनको समय २५ गतेसम्म बढाएको छ। डा. खतिवडाका अनुसार बाह्य जगतबाट हुने कोराना जोखिम न्यूनिकरण गर्न सिमानाका भने वैशाख ३१ गते मध्यरातिसम्म बन्द गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad