राजनीति


जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना सहिद घोषणा (नामसहित)

जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना सहिद घोषणा (नामसहित)

जेन्जी आन्दोलनमा ज्यान गुमाएकाहरूको अन्त्यष्टि गरिँदै। फाइल तस्बिर


नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १८:३७, काठमाडौँ

सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५ जनालाई सहिद घोषणा गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

सहिद घोषणा गरिएकामध्ये ३ जना प्रहरी हुन्। सिन्धुलीका मिलन राय, कास्कीका अमृत गुरुङ र दार्चुलाका उत्तम थापा आन्दोलनकारीबाट मारिएका थिए। 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनक्रममा ७६ जनाले ज्यान गुमाएका थिए। यीमध्ये १० जना कैदीबन्दी मारिएका थिए। उनीहरूलाई सहिद घोषणा गरिएको छैन।  त्यस्तै भाटभटेनी सुपरमार्केटमा जलेर मृत्यु भएका १२ जना र आन्दोलनकारीबाटै मारिएका गरी ३१ जनालाई सहिद घोषणा नगरिएको हो। भाटभटेनीमा जलेका १२ जनाको भने सनाखतसमेत हुन सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad