राजनीति


एमाले विरुद्ध चार शक्ति क्रियाशील छन्ः महासचिव पोखरेल

एमाले विरुद्ध चार शक्ति क्रियाशील छन्ः महासचिव पोखरेल

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १४:४५, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विरुद्ध नेपालमा चार शक्ति सक्रिय रहेको बताएका छन्।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले बाह्य शक्ति, राजसंस्थावादी शक्ति, माओवादी केन्द्र र स्वतन्त्रका नाममा अराजकता फैलाउनेहरू एमाले र एमालेको नेतृत्वको विरुद्धमा लागेको आरोप लगाए। उनले एमालेले राजसंस्था पुनःस्थापनमा जुटेकाहरूलाई एमाले नेतृत्वको सरकारले असफल बनाएकोले उनीहरू एमालेविरुद्ध लागेको बताए।

यस्तै माओवादी केन्द्रलाई लक्षित गर्दै सरकारच्युत हुनुपरेकाहरू र अराजकताको विरुद्धमा प्रतिवाद गरेका कारण राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्रताको नाममा अराजकता फैलाउनेहरू नियोजित रुपमा एमाले विरुद्ध लागेको उनको भनाई छ। यी नै चार शक्तिका कारण नेपालमा जेन–जी आन्दोलनका नाममा अराजक गतिविधि भएको उनको दाबी छ। 

उनले भने, ‘नेपालमा ४ प्रकारका शक्तिहरू संगठित रुपमा लागिरहेका छन्। त्यसको सामाना गर्नुपर्छ भनेर हामीले भनेका थियौँ। ती चार प्रकारका शक्तिहरू को हुन् त भन्दाखेरी पहिलो, बाह्य शक्ति, दोस्रो स्वभाविक रुपमा राजसंस्था पुनःस्थापनाको अभियानमा जुटेका र नेकपा एमाले नेतृत्वको सरकारका कारणले असफल भएका, उनीहरू एमाले र त्यसको नेतृत्वको विरुद्ध केन्द्रित छन् भन्ने हाम्रो निष्कर्ष थियो। तेस्रो शक्ति सरकारच्युत भएकाहरू नेकपा एमालेको नेतृत्वको विरुद्धमा नियोजित ढंगले परिचालित छन् भन्ने कुरा गरेका थियौँ। र चौथो शक्तिका रुपमा कथित स्वतन्त्र पार्टी र स्वतन्त्रका नाममा सामाजिक अराजकताका बाहक बनिरहेकाहरू नै एमाले र त्यसको नेर्तत्वको विरुद्धमा छन् किनकी पपुलिजम समस्याको समाधान होईन भनेर वैचारिक रुपमा प्रतिवाद गर्ने पार्टीका रुपमा एमाले भएको कारणले उनीहरू एमाले र त्यसको विरुद्धमा लक्षित छन्।’ 

उनले भदौ २३ गतेको घटनामा प्रहरीले गरेको गतिविधिको पनि आलोचना गर्नुभयो। नेपालमा धेरै राजनितिक आन्दोलन भएको उल्लेख गर्दै जेन–जी आन्दोलनमा क्रममा प्रहरीले भीड नियन्त्रणको लागि अपनाएको विधि शंकास्पद भएको दोहोर्‍याए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad