राजनीति


रास्वपाका केन्द्रीय विभागका सदस्यको जिम्मेवारी हेरफेर

रास्वपाका केन्द्रीय विभागका सदस्यको जिम्मेवारी हेरफेर

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार १७:३५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको बैठकले केन्द्रीय विभागको जिम्मेवारी हेरफेर गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको सचिवालय बैठकले रविकिरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुख तोकेको छ।

अधिकारी लामो समयदेखि नेपालका विविध अनुसन्धानमा कार्यरत रहेको प्रवक्ता मनिष झाले बताए। बैठकले रामप्रसाद भट्टराईलार्ए केन्द्रीय प्रशिक्षण विभाग सदस्यको जिम्मेवारी दिएको छ। उनी नेपाल स्काउट पूर्व निर्देशक हुन्। केन्द्रीय प्रशिक्षण विभाग सदस्यमा डा. कृष्णमान शाक्य चयन भएका छन्। उनी जनस्वास्थ्य विज्ञ हुन्। 

सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभागको उपप्रमुखको जिम्मेवारी दिइएको प्रवक्ता झाले बताए। केन्द्रीय शिक्षा विभाग सदस्यमा तोयानारायण पौडेल मनोनीत भएका छन्। उनी ह्वाइट हाउस कलेजका प्राचार्य हुन्।

बोधनारायण श्रेष्ठ केन्द्रीय संगठन विभागको उपप्रमुख तोकिएका छन्। उनी व्यवस्थापन विज्ञ हुन्। पार्थीवेन्द्र उपाध्याय केन्द्रीय शिक्षा विभाग सदस्य मनोनीत भएका छन्। रास्वपाले ज्ञानु पौडेललाई केन्द्रीय महिला विभाग सदस्य तोकेको छ। अर्जुन अधिकारीलाई प्रवास नेपाली सम्पर्क विभागको उपप्रमुख चयन गरिएको झाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad