राजनीति


सांसद अपहरण आरोप : पूर्वआईजीपी र सांसदद्वयविरुद्ध प्रहरीले लिएन जाहेरी

सांसद अपहरण आरोप : पूर्वआईजीपी र सांसदद्वयविरुद्ध प्रहरीले लिएन जाहेरी

नेपालखबर
बैशाख १४, २०७७ आइतबार ११:१६,

जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण आरोपमा काठमाडौँ प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ।

नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व आईजीपी सर्वेन्द्र खनालले आफ्नो पार्टी (तत्कालीन समाजवादी पार्टी) का सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गरी बन्धक बनाएको भन्दै आइतबार दिउँसाे जाहेरी दिनका लागि जनता समाजवादी पार्टीका शीर्ष नेताहरु महानगरीय प्रहरी परिसर पुगेका थिए।

samsadapaharan

परिसरका प्रमुख एसएसपी श्याम ज्ञवाली बाहिर भएका कारण समाजवादीका नेताहरुले झण्डै दुईघण्टा उनको प्रतीक्षा गरेको थिए।

त्यसबीचमा एसपी सोमेन्द्रसिंह राठौरसँग समाजवादीका नेताहरु पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी अधिवक्ता दिनेश त्रिपाठी लगायतले छलफल गरेका थिए।

एसपी राठौरले घटना महोत्तरीको भएको भन्दै काठमाडौँमा  जाहेरी दर्ता गर्न नमिल्ने भन्दै जाहेरी लिन अस्वीकार गरेका थिए।

त्यसको केही समयमै परिसर आइपुगेका एसएसपी श्याम ज्ञवालीले आफ्ना केही बाध्यता रहेको भन्दै जाहेरी लिन अस्वीकार गरेको समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जानकारी दिए।

baburam1231

उनले प्रधानमन्त्री केपी ओलीतर्फ संकेत गर्दै ‘ओलीतन्त्रमा नागरिक सुरक्षित छैनन्’ भन्ने यो एक प्रमाण भएको बताए।

‘प्रहरी प्रमुखले आफ्नो बाध्यता बुझिदिन आग्रह गर्नुभयो, उहाँहरुका केही बाध्यता होलान, हामी उहाँहरुलाई केही भन्दैनाैँ’, जाहेरी दर्ता नभएपछि पत्रकारसँग कुरा गर्दै भट्टराईले भने, ‘ओलीतन्त्रमा कोही पनि सुरक्षित छैनन भन्ने यो बलियो प्रमाण हो।’ 

यो सरकारवादी मुद्दा भए पनि प्रहरीले जाहेरी नलिएपछि थप गम्भीर बनेको भट्टराईको भनाइ थियो।

‘यो सरकारवादी मुद्दा हो, थाहा पाउनासाथ प्रहरीले कारबाही अगाडि बढाउनुपर्नेमा पीडित आफैँ जाहेरी लिएर आउँदा पनि दर्ता हुनुले मुद्दा थप गम्भीर बनेको छ’, उनले भने।

अपहरणमा परेका भनिएका सांसद सुरेन्द्र यादवले प्रहरी घटानको छानविन गर्न तयार नरहेको आरोप लगाए। ‘प्रहरीले घटनाको छानविन नै गर्न नमान्नु भनेको गलत तत्वलाई पश्रय दिनुनै हो’, उनले भने।

dineshtriphathi

अधिवक्ता त्रिपाठीले महोत्तरीबाट ल्याएर काठमाडौँको म्यारियट होटलमा राखेका कारण काठमाडौँमा पनि जाहेरी दर्ता गर्न मिल्ने प्रतिक्रिया दिएका दिए। उनले जाहेरी दर्ता गर्न नमिल्नुको लिखत कारणसमेत माग गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .