राजनीति


विद्यालाई राष्ट्रपति बनाइसक्यौँ, अब ओली नै अध्यक्ष : महेश बस्नेत

विद्यालाई राष्ट्रपति बनाइसक्यौँ, अब ओली नै अध्यक्ष : महेश बस्नेत

नेपालखबर
कात्तिक १५, २०८२ शनिबार २२:२५, पोखरा

नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीमा फेरि केपी शर्मा ओलीलाई अध्यक्ष बनाउनुपर्ने बताएका छन्। 

शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विद्यालाई त हामीले राष्ट्रपति बनाइसक्यौँ, अब एमालेमा ओली नै अध्यक्ष बन्ने हो।’

बस्नेतले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका प्रमुख बालेन शाहको कडा आलोचना गरे। उनले भने, ‘जेन-जी उचालेर सत्ता परिवर्तन गरियो, तर त्यो न आन्दोलन थियो न अभियान- उनीहरूले व्यवस्था परिवर्तन होइन, केवल सत्ता कब्जाको कुरा गरे।’

उनले एमालेभित्रको नेतृत्वका लागि होडबाजी नगर्न आग्रह गर्दै भने, ‘नेतृत्व लिन चाहनेहरूले अहिले होल्ड गर्नुपर्छ, हतार गरे पोखराले बाइबाइ गरेर फेवाताल घुम्न पठाइदिन्छ।’

त्यसअघि पोखरा सभागृहचोकबाट सुरु भएको एमाले समर्थकहरूको र्‍याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सिर्जनाचोक हुँदै लेकसाइड र सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

र्‍यालीमा एमालेका जिल्ला नेताहरू, युवा संघ नेपाल, अनेरास्ववियु र महिला संघका कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad