कारोबार


हिजो घटेको अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य आज कति?

हिजो घटेको अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य आज कति?

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार ५:९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलरको मूल्य आजसम्मकै उच्च मूल्यमा स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छैन। 

आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा छ। 

हिजो हालसम्मकै सबैभन्दा महँगो बनेको अमेरिकी डलरको मूल्य आज स्थिर छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो

त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा छ। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा छ।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा छ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७८ पैसा छ।

आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५६ पैसा छ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad