राजनीति


एमालेको काठमाडौँ महाधिवेशनमा २१ सय प्रतिनिधि, मंसिर १३ गते देशभर चयन गर्ने तालिका

एमालेको काठमाडौँ महाधिवेशनमा २१ सय प्रतिनिधि, मंसिर १३ गते देशभर चयन गर्ने तालिका

नेपालखबर
कात्तिक १५, २०८२ शनिबार १७:५४, काठमाडौँ

नेकपा एमालेले ११ औं महाधिवेशनका लागि मंसिर १३ गते देशभर एकसथा प्रतिनिधि चयन गर्ने भएको छ। शनिबार बसेको सचिवालय बैठकले एकै दिन प्रतिनिधि चयन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘प्रतिनिधि चयन आगामी मंसिर १३ गते शनिबारका दिन देशैभरी एकसाथ हुनेछ,’ ज्ञवालीले भने, ‘त्यसरी चयन भएका प्रतिनिधिको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने छ।’

एमालेले महाधिवेशनका लागि ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्य मध्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गर्ने बताएको छ। प्रतिनिधि चयन गर्दा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मान्ने समेत ज्ञवालीले उल्लेख गरे।

एमालेका कुल महाधिवेशन प्रतिनिधि २१ सय हुने छन्।

यसरी चयन हुने छन् प्रतिनिधि :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad