राजनीति

ओलीले पूर्वएमालेजनलाई ‘घर फर्किन’ भनेपछि योगेशले राखे चार प्रस्ताव

ओलीले पूर्वएमालेजनलाई ‘घर फर्किन’ भनेपछि योगेशले राखे चार प्रस्ताव

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराई (फाइल तस्बिर)

नेपालखबर
कात्तिक १५, २०८२ शनिबार १२:१, काठमाडौँ

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वएमालेजनलाई ‘घर फर्किन’ गरेको आह्वानको समर्थन गर्दै पुन: एकताका लागि चार आधार प्रस्तुत गरेका छन्। 

नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेसँगै नेकपा एकीकृत समाजवादीमा फुट देखिएपछि एमाले अध्यक्ष ओलीले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै पहिले अलग्गिएकाहरूलाई एमालेमा फर्किन अपिल गरेका छन्।

यसलाई स्वागतयोग्य आह्वान भन्दै सचिव भट्टराईले निषेध, प्रतिशोध र घृणा त्यागेर एमालेमा एकताबद्ध हुन अनुरोध गरेका हुन्।

यसका लागि उनले चार आधार प्रस्तुत गरेका छन्। ती यसप्रकार छन्:

-जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने।

-पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने।

-२०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर र वस्तुनिष्ठ समीक्षा गर्ने र पार्टीको बहुआयामिक पुनर्गठन गरी आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउने।

-नेकपा एमालेको नेतृत्वमा आर्थिक/सामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने।

यस्तो छ, योगेशको पूरा वक्तव्य:

स्वागतयोग्य आह्वान

नेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुन: यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्षले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ।

जनताको बहुदलीय जनवादको मार्ग निर्देशन र नेकपा एमालेको अगुवाइमा सिंगो वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार हो।

जबजको सिद्धान्त ‘शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा’ विश्वास गर्नेहरूको एउटा केन्द्र बन्नैपर्छ, त्यो एमाले हो। निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वमार्फत नेकपा एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ।

एकताको आधार

-जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने।

-पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने।

-२०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर र वस्तुनिष्ठ समीक्षा गर्ने र पार्टीको बहुआयामिक पुनर्गठन गरी आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउने।

-नेकपा एमालेको नेतृत्वमा आर्थिक/सामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने।

कमरेडहरू, आउनुहोस् यिनै मान्यतामा हातेमालो गरौँ।

यसैबीच एमालेले कारबाही गरेर निकालेका पूर्वउपाध्यक्ष भीम रावलले भने यसका लागि अध्यक्ष ओलीले सर्वप्रथम पार्टीका अर्का पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकरण गरिएको सदस्यता रोक्का फुकुवा गर्नुपर्ने सर्त राखेका छन्। 

यस्तो छ, केपी शर्मा ओलीको आह्वान:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad