११औँ महाधिवेशन तयारीलगायत एजेन्डासहित नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास (भक्तपुरको गुन्डु) मा सुरु भएको छ।
बैठक आज (शनिबार) दिउँसो १२:३० बजे सुरु भएको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा मंसिर २७ देखि २९ सम्म पोखरामा हुने एमालेको ११औँ महाधिवेशन तयारीका सम्बन्धमा प्रारम्भिक रिर्पोटिङ हुनेछ।
उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्मा अर्यालले पोखराको वस्तुस्थितबारे बैठकमा रिर्पोटिङ गर्नेछन्।
बैठकले महाधिवेशन तयारीका लागि विभिन्न नेतालाई जिम्मेवारी दिने सम्भावना छ।

बैठकमा महाधिवेशनको कार्यतालिका, प्रतिनिधिको संख्या, प्रतिनिधि छनोटको आधार आदि विषयमा छलफल हुने एमालेका एक पदाधिकारीले जानकारी दिएका छन्।
साथै बैठकमा सरकारले फागुन २१ गते गर्ने भनेको निर्वाचन, पछिल्ला राजनीतिक घटनाक्रम आदि विषयमा पनि छलफल हुने एमालेले जनाएको छ।
Shares

प्रतिक्रिया