राजनीति


माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चाल: भीम रावल

माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चाल: भीम रावल

नेपालखबर
कात्तिक १५, २०८२ शनिबार ६:१९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेकाहरूलाई ‘घर फर्किन’ आह्वान गरेपछि पूर्वउपाध्यक्ष भीम रावलले सबभन्दा पहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता कायम गर्न आग्रह गरेका छन्। 

नेकपा माओवादी केन्द्रसँग एकता गर्ने कुराले नेकपा एकीकृत समाजवादी फुट्दै गर्दा ओलीले शुक्रबार फेसबुकमार्फत विगतमा एमालेबाट अलग्गिएकाहरूलाई पार्टीमा फर्किन अपिल गरेका हुन्। 

यसप्रति टिप्पणी गर्दै रावलले भण्डारीको बाटो खुला नगरीकन त्यस्तो आह्वान गर्नु माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ‘ढोक्सो थाप्ने चाल’ भएको टिप्पणी गरेका हुन्। 

‘एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि हत्तपत्त एमाले अध्यक्ष केपी ओलीले एमाले छोडेर जहाँसुकै गएका भए पनि फर्किन सामाजिक सञ्जालमा आग्रह गरेको देखियो। साँच्चिकै अहिलेको विषम स्थितिमा जबजअनुसार एमालेलाई देशभक्तिपूर्ण बाटोबाट बलियो बनाउने उद्देश्य भएको भए सबभन्दा पहिले एक वर्षअगाडि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकृत सदस्यतामा लगाइएको रोक हटेको कुरा गरिनुपर्थ्यो’, रावलले सामाजिक सञ्जालमार्फत नै भनेका छन्, ‘विगतमा भएका गल्ती, कमीहरूका साथै भदौ २३ र २४ गते को अकल्पनीय घटनामा राष्ट्रले बेहोरेको क्षतिको नैतिक जिम्मेवारी लिनुपर्थ्यो। त्यो केही नगरी शब्दजाल र भ्रम फिँजाएर माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चालबाहेक ओलीको भनाइमा कुनै सार्थकता छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad