राजनीति


एघारौँ महाधिवेशन तयारीबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

एघारौँ महाधिवेशन तयारीबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

नेपालखबर
कात्तिक १५, २०८२ शनिबार १०:२३, काठमाडौँ

११औँ महाधिवेशन तयारीका विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज (शनिबार) बस्दै छ। 

अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा अहिले बिहान ११ बजे सचिवालय बैठक सुरु हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। 

उनका अनुसार बैठकमा मंसिर २७ देखि २९ सम्म पोखरामा हुने एमालेको ११औँ महाधिवेशन तयारीका सम्बन्धमा प्रारम्भिक रिर्पोटिङ हुनेछ।

उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्‌मा अर्यालले पोखराको वस्तुस्थितबारे बैठकमा रिर्पोटिङ गर्नेछन्।

बैठकले महाधिवेशन तयारीका लागि विभिन्न नेतालाई जिम्मेवारी दिने सम्भावना छ।

बैठकमा महाधिवेशनको कार्यतालिका, प्रतिनिधिको संख्या, प्रतिनिधि छनोटको आधार आदि विषयमा छलफल हुने एमालेका एक पदाधिकारीले जानकारी दिएका छन्।

साथै बैठकमा सरकारले फागुन २१ गते गर्ने भनेको निर्वाचन, पछिल्ला राजनीतिक घटनाक्रम आदि विषयमा पनि छलफल हुने एमालेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad