राजनीति


प्रधानमन्त्रीले भनिन् : चुनाव गराउन आवश्यक १२० मध्ये ९० प्रतिशत आइटम निर्वाचन आयोगसँग छ

प्रधानमन्त्रीले भनिन् : चुनाव गराउन आवश्यक १२० मध्ये ९० प्रतिशत आइटम निर्वाचन आयोगसँग छ

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार २०:४७, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका निर्वाचन आयोगलाई आवश्यक पर्ने सामग्रीहरूको अभाव नरहेको बताएकी छन्। 

‘जब मन्त्रिमण्डलको आकार ८ जनाको बन्यो, त्यसपछि हामीले निर्वाचन आयोगसँग निर्वाचनका विषयमा छलफल गर्‍यौँ,’ शुक्रबार अपरान्ह सम्पादकहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्री कार्कीले भनिन्, ‘त्यसक्रममा आयोगका पदाधिकारीहरूले निर्वाचनका लागि आवश्यक पर्ने अधिकांश सामाग्रीहरू आयोगसँग रहेको जानकारी गराउनुभयो।’

‘निर्वाचनका लागि १२० आइटमका विभिन्न सामग्री चाहिने रहेछन्, त्यसमध्ये ९० प्रतिशत आइटम निर्वाचन आयोगसँगै छन् भन्नुभयो,’ कार्कीले भनिन्, ‘बाँकीमध्ये १०–२० आइटम पनि नेपालमै पाइने रहेछन्। सम्भव भएका सामग्री नेपालमै किन्ने भनेका छौँ।’

निर्वाचन आयोगका कतिपय पदाधिकारीहरू यसअघि निर्वाचन गराएका अनुभवी भएकाले तोकिएकै मितिमा निर्वाचन गराउन सकिनेमा ‘कन्फिडेन्ट’ देखिएको दाबी प्रधानमन्त्री कार्कीको थियो।

आफूसहित सरकारका मन्त्रीहरूले  निर्वाचनका विषयमा छलफल गरेपछि निर्वाचन आयोगका पदाधिकारीहरूले विभिन्न राजनीतिक दल र जेन–जी प्रतिनिधिहरूसँग समेत छलफल गरेको स्मरण प्रधानमन्त्रीले त्यसक्रममा गरिन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad