राजनीति


जेनजीको कुनै एजेन्डा छैन, यो भीड मात्रै होः मोहनविक्रम सिंह

जेनजीको कुनै एजेन्डा छैन, यो भीड मात्रै होः मोहनविक्रम सिंह

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार २०:०, काठमाडौँ

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले जेनजीको कुनै एजेन्डा नै नरहेको बताउनुभएको छ । 

रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनका क्रममा शुक्रबार उनले यस्तो बताएका हुन्। उनले जेनजीका नाममा अहिले धेरै मागहरू आइरहेको भएपनि कसैले प्रत्यक्ष कार्यकारी भन्ने गरेको र कसैले त्यसको विरोध गरिरहेको बताए। 

कसैले पूर्ण समानुपातिक भन्ने गरेपनि केहीले त्यसको विरोध गरेको सिंहको भनाई छ।

जेन जीको एउटै समूह नभएको र मन्त्री, प्रधानमन्त्री बनाउँदा समेत विरोध भएको बताए। जेन जी कुनै संगठित समूह नभइ भीड मात्रै भएको टिप्पणी गरे। 

महामन्त्री सिंहले भने, ‘अहिले जेन जीका नाममा कयौँ मागहरु आइरहेका छन्। कसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भनेका छन्। कसैले यसमा विरोध गरेका छन्। कसैले पूर्ण समानुपातिक भनेका छन्। जेन जीको एउटै समूह छैन। जेन जीको कुनै नीति छैन। २५ वटा समूह छन्। उनीहरुबीच नै एकता छैन। सुशीला कार्कीलाई प्रधानमन्त्री बनाए, नाराबाजी भयो। मन्त्री बनाउँदा विरोध हुन्छ। जेन जी भनेको कुनै संगठित समूह होइन, यो भीड हो। जेन जीको कुनै नारा नै छैन।’

उनले तत्काल वाम एकताको अवस्था नरहेको जिकिर गरे। संसदलाई अवैधानिक रुपमा विघटन गरिएको बताए। सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने सिंहको विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad