राजनीति


विप्लवको पार्टी फुट्यो, चिरन पुनको नेतृत्वमा ७५ सदस्यीय समिति घोषणा

विप्लवको पार्टी फुट्यो, चिरन पुनको नेतृत्वमा ७५ सदस्यीय समिति घोषणा

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १७:१९, काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल विभाजित भएको छ। चिरण पुन ‘मिलन’को नेतृत्वमा पार्टी विभाजन भएको हो। 

शुक्रबार पुन महासचिव रहने गरि ७५ सदस्यीय केन्द्रीय घोषणा गरिएको छ। साविकको १४५ सदस्यीय केन्द्रीय समिति सदस्यमा ७५ जना आफूतिर आएको उनले दाबी गरे।

जेनजी आन्दोलनको भवना सबै कम्युनिष्ट पार्टी एकतावद्ध हुनुपर्ने रहेको भन्दै त्यसै अनुसार समाजवादी मोर्चामा रहेका दलसँग एकता गर्न आफूले विद्रोह गरेको बताए।

‘जेनजी आन्दोलनले सबैलाई एकतावद्ध बन, ध्रुविकरण होउ, एक्लै नबस भन्यो,’ पुनले नेपालखबरसँग भने, ‘त्यही म्यान्डेटसहित समाजवादी एकतामा सामेल हुने निर्णय भयो।’

समाजवादी मोर्चामा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टी एकताको तयारी गरे पनि विप्लवले नेतृत्व दाबी गरेका थिए।

नेतृत्व दाबी गरेपछि विप्लवलाई नलिइ दुई पार्टीबीच एकता प्रक्रिया अघि बढेपछि विप्लवले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएका थिए। 

पुनले विप्लवलाई समेत एकतामा आउन आह्वान गरेको बताए। पार्टीको नाम र आगामी कदमबारे शनिबार घोषणा गरिने समेत उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad