राजनीति


मृत्युको हल्लाबीच किम चढ्ने रेल उनी बस्ने गेस्टहाउस बाहिर देखियो

मृत्युको हल्लाबीच किम चढ्ने रेल उनी बस्ने गेस्टहाउस बाहिर देखियो

नेपालखबर
बैशाख १४, २०७७ आइतबार ७:५१,

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको शनिबार साँझ मृत्यु भएको हल्ला विश्वभर चलेपनि यसबारे आधिकारिक पुष्टि भएको छैन।

हङकङ र जापानका केही संचारमाध्यमले किमको मृत्यु भएको दाबी गरिरहेपनि उत्तर कोरियाली सञ्चार माध्यमले यसबारे केही जानकारी दिएका छैनन्।

गतहप्ता दक्षिण कोरियाली संचारमाध्यम डेली एनकेले किमको स्वास्थ्य अवस्था गम्भीर भएको दाबी गरेको थियो। किमको मृत्यु भएको हल्ला चलिरहँदा बेइजिङ तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने त्यो अस्वीकार गरेका थिए।

डेली एनकेले किमले अप्रिल १२ मा मुटुको सर्जरी गराएको जानकारी दिँदै पछिल्लो समय उनको स्वास्थ्य बिग्रँदै गएको बताएको थियो।

समाचारमा किमले धेरै धुम्रपान गर्ने गरेको तथा मोटोपनको समस्या र धेरै काम गर्ने गरेका कारण उनको मुटुमा समस्या देखिएको उल्लेख गरिएको थियो।

उत्तर कोरियाका संस्थापक नेता किमका हजुरबा किम इलसङको नाममा अप्रिल १५ तारिखमा मनाइने उत्सवमा किम जोङ उन अनुपस्थित भएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर आशंका सुरु भएको थियो।

The train has been spotted as speculation mounts about Kim Jong Un's health. Pic: Getty/Airbus Defence & Space and 38 North/Pleiades © CNES 2020, Distribution Airbus DS
                                                    

                                                </span>

                                                <span>

किमको स्वास्थ्य अवस्थाबारे बुझ्न चीनले बिहीबार विशेष चिकित्सकीय टोली उत्तर कोरिया पठाएको रिपोर्ट रोयटर्सले गरेको थियो।

हाल किमको मृत्यु भएको हल्ला चलिरहँदा किमले चढ्ने गरेको रेल राजधानीबाहिर किम परिवाले प्रयोग गर्दै आएको गेस्टहाउस ओनसान कम्प्लेक्स बाहिर गएको स्याटलाइट तस्बिरबाट देखिएको अर्को रिपोर्ट बेलायती पत्रिका द गार्जिएनले गरेको छ।

अमेरिकाको वासिङ्टनमा आधारित उत्तर कोरिया निगरानी परियोजना ‘३८ नर्थ’ ले भूउपग्रहमार्फत खिचेको तस्बिरहरु सार्वजनिक गर्दै किमले चढ्ने गरेको हरियो रेल २१ र २३ अप्रिलमा ओनसानस्थित लिडरसिप स्टेसनमा रोकिएको देखिएको बताएको छ।

ओनसान कम्प्लेक्समा ९ वटा ठूला गेस्टहाउस छन्। उक्त क्षेत्र किमको परिवारको प्रयोजनको लागि सन् २०१४ मा निर्माण गरिएको बताइएको छ। सोही कम्प्लेक्स बाहिर किमले चढ्ने रेल रोकिएको जनाइएको छ।

उक्त रेल किमकै भएपनि त्यहाँ किम थिए या थिएनन् भन्नेबारे खुल्न सकेको छैन। रेल ओनसान कम्प्लेक्स बाहिर देखिनुले किमको स्वास्थ्य अवस्थाबारे कुनै संकेत नदिने विश्लेषकहरु बताउँछन्।

उत्तर कोरियाली संचारमाध्यमले समेत हालसम्म किमको अवस्थाको बारेमा कुनै जानकारी दिएको छैन।

यसअघि दक्षिण कोरियाले किमको स्वास्थ्य अवस्था गम्भीर बनेको विषयमा कुनै पनि संकते नदेखिएको प्रतिक्रिया जनाएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .