राजनीति


रास्वपाले जेनजीसँग ‘बृहत् राजनीतिक संवाद’ गर्ने

रास्वपाले जेनजीसँग ‘बृहत् राजनीतिक संवाद’ गर्ने

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १२:१०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले आगामी कार्तिक १४ गते ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरेको छ।

रास्वपाको सचिवालयको बैठकले जेनजीले सुशासन र प्रणालीगत सुधारका लागि गरेका आन्दोलनपछि बनेको परिवर्तित राजनीतिक परिवेशमा दिगो रूपान्तरण र समान सोच भएका शक्तिबीच सहकार्य अघि बढाउने उद्देश्यले यो संवाद गर्ने निर्णय गरेको छ। 

रास्वपाले गत ३ वर्षको संसदीय यात्राबाट प्राप्त अनुभवका आधारमा अहिले देशभर बिखरिएका नयाँ राजनीतिक पहल र समूहहरूलाई एकरूपता दिन तथा सामूहिक रूपान्तरणको साझा बाटो खोज्ने प्रयत्न स्वरूप यो पहल गरेको जनाएको छ।

‘प्रवास र स्वदेशमा रहेका आम नेपाली जनताले आशा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक, अभियन्ता र नवयुवाहरूबीच सार्थक सहकार्य नहुँदा पुनः पश्चगमनको जोखिम बढ्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले खुला र साझा संवादमार्फत साझा बाटोको खोजी गर्ने निर्णय गरिएको हो।’

रास्वपाले ‘बृहत् राजनीतिक संवाद’ का मुख्य ३ उदेश्य रहेको उल्लेख गरेको छ। 
१. आन्दोलनको उत्पत्ति, नतिजा र सुधारका सन्देशबारे साझा बुझाइ बनाउने।
२. लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि वृहत् एकता र सहकार्यको रेखांकन गर्ने।
३.आगामी प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारी र दीर्घकालीन रूपान्तरणको अवसरका रूपमा उपयोग गर्ने सम्भावनाबारे छलफल गर्ने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad