राजनीति


सबै गणतान्त्रिक शक्तिहरू गोलबन्द हुनुपर्छ: प्रचण्ड

सबै गणतान्त्रिक शक्तिहरू गोलबन्द हुनुपर्छ: प्रचण्ड

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार १९:५९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थामा संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधिनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन्।

देशका सामु अहिले देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखापरेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आज सामाजिक सञ्जालमार्फत उक्त आह्वान गरेका हुन्।

राष्ट्रले भोगिरहेका समस्या र सङ्कटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध सङ्गठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव रहने पनि उनले बताए।

उनले भने, 'देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच सङ्गठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ। राष्ट्रिय स्वाधीनता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो।'

अध्यक्ष दाहालले उक्त सत्यलाई आत्मसात् गर्दै देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन पनि अपिल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad