राजनीति


दल दर्ताको निवेदन लिएर आयोग पुगे नेकपाका नेताहरू

दल दर्ताको निवेदन लिएर आयोग पुगे नेकपाका नेताहरू

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार १३:४२, काठमाडौँ

नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरू दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेका छन्। आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा सहभागी हुने गरी नेकपामा नेताहरू दल दर्ताका लागि आयोग पुगेका हुन्।  

निवेदन लिएर खड्कप्रसाद विश्वकर्मासहितका नेताहरू आयोगमा पुगेका छन्। उनीहरूले दलको नाम कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेका छन्। 

निर्वाचनमा दल दर्ताको लागि निवेदन पेस भएको विषयमा जानकारी गराउँदै विश्वकर्माले यसले विभिन्न अर्थ राख्ने बताए। 

विश्वकर्माले जनताले आफ्नो फैसला आफैले गर्ने एउटा विधि निर्वाचन भएकाले आफूले निर्वाचनमा भाग लिन खोजेको जिकिर गरे ।  

‘नयाँ दृष्टि अगाडि सारेर जनताको मुद्दा, सिस्टमको कुरा र  जनताको चाहनाका कुरा जनता आफैले फैसला गर्ने एउटा प्रजातान्त्रिक विधिमा निर्विरोध फैसला गर्न पाउने विधि निर्वाचन हो। यद्यपि यसमा हाम्रो अनुभव र सीमाहरू छन्। देश र जनताको माग  र अहिलेको वस्तुगत नीति अनुसार राष्ट्रिय पार्टीले विकास गर्नुछ नै’, उनले भने ।  

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पनि कम्युनिस्ट पार्टी नेपाल नामको दल दर्ताको लागि अहिलेसम्म निवेदन नभएको र यो नै पहिलो भएकोले दर्ताको लागि समस्या नहुने बताए। यद्यपि उनले अध्ययन गरेर आयोगले निर्णय लिने जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad