राजनीति


देउवा दम्पती गए सिंगापुर

देउवा दम्पती गए सिंगापुर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवा। तस्बिरः देउवाकै सचिवालय


नेपालखबर
कात्तिक १०, २०८२ सोमबार २३:७, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवा आज सिंगापुर गएका छन्।

सोमबार राति ११ः५ बजे सिंगापुर विमानमार्फत उनीहरु सिंगापुर गएका हुन्। गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीको आक्रमणमा परेका थिए।

आक्रमणबाट गम्भीर घाइते भएका देउवाको टाउकाको पछाडि भागमा चोट लागेको थियो। त्यहाँ १२ वटा टाँका लगाएको कांग्रेस नेताहरुले बताएका थिए।  

पार्टीमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर देउवा केही दिनदेखि नै स्वास्थ्य लाभ गरिरहेका थिए।  

देउवा दम्पतीले विमानस्थलमा भिआइपी कक्ष प्रयोग गरेनन्।  

वर्तमान अन्तरिम सरकारले देउवासहितको पासपोर्ट रोक्का गर्ने र काठमाडौँ बाहिर जाँदा अनुमति लिनुपर्ने निर्णय गरेका थियो। तर देउवा उपचारको लागि विदेश जाने भन्ने जानकारी पाएपछि उनका लागि उक्त व्यवस्था फुकुवा गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad