राजनीति


राज्यविहीनताको जस्तो स्थिति थियो, ठूलो दुर्घटनाबाट जोगायौँ : प्रचण्ड

राज्यविहीनताको जस्तो स्थिति थियो,  ठूलो दुर्घटनाबाट जोगायौँ : प्रचण्ड

नेपालखबर
कात्तिक ५, २०८२ बुधबार १८:२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश एक चरणमा राज्यविहीनताको जस्तो अवस्थामा पुगेको तर आफ्ना पहल र संवादमार्फत ठूलो दुर्घटनाबाट जोगाउन सफल भएको दाबी गरेका छन्।

बुधबार महोत्तरीको रामगोपालपुरमा आयोजित शुभकामना आदान-प्रदान तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केही घन्टा त परिस्थिति यस्तो भयो, नेपाल राज्यविहीनताको जस्तो स्थिति देखा पर्‍यो। तर हाम्रो पार्टीलाई र त्यसको नेतृत्वको हैसियतले मलाई संयोग भनौं या अवसर भनौं, म त्यस्तो परिस्थितिमा पनि सबै राजनीतिक दलहरुसँग निरन्तर संवाद गर्ने, राष्ट्रपति र प्रधानसेनापतिसँग निरन्तर वार्ता र संवाद गर्ने अवसर प्राप्त भयो।’

‘बिरलै नेताहरुलाई प्राप्त हुने अवसर माओवादी केन्द्रको नेतृत्वलाई प्राप्त भयो। अझ ठूलो दुर्घटनामा जानबाट देश बचाउन केही न केही सहजीकरणको भूमिका खेल्ने अवसर हामीलाई प्राप्त भयो। २६ गते रातभर नै राष्ट्रपति भवनमा हामीले केही न केही भूमिका खेल्ने अवसर प्राप्त गर्‍यौँ,’ उनले थपे।

उनले सुगौधली सन्धि यता देश यस्तो संकटमा कहिले पनि नभएको उल्लेख गरे। ‘सिंहदरबार यसरी कहिलै जलेको थिएन। सर्वोच्च कलिले जलेको थिएन। यस्तो क्षति कहिले भएको थिएन,’ प्रचण्डले भने।

प्रचण्डले पछिल्ला राजनीतिक घटनाक्रममा माओवादी केन्द्रले समन्वयकारी र सन्तुलनकारी भूमिका निर्वाह गरेको दाबी गर्दै आगामी दिनमा पनि राष्ट्रिय स्थायित्वका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad