राजनीति


कोरोनालाई पराजित गर्न प्रतिरोधात्मक र प्रतिरक्षात्मक प्रविधिको विकासमा जोड दिनुपर्छ : शिक्षामन्त्री

कोरोनालाई पराजित गर्न प्रतिरोधात्मक र प्रतिरक्षात्मक प्रविधिको विकासमा जोड दिनुपर्छ : शिक्षामन्त्री

नेपालखबर
बैशाख १३, २०७७ शनिबार ४:४,

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस (कोभिड १९)ले भयावहको अवस्था सिर्जना गर्नसक्ने भन्दै प्रविधि र पविधिक हिसाबले तायरी अवस्थामा बस्नुपर्ने बताएका छन्।

शुक्रबार सातै प्रदेशका विज्ञान तथा प्रविधि विषय हेर्ने मन्त्रीहरुसँग अनालाई बैठक गर्दै मन्त्री पोखरेलले कोरोनाको प्रकोपलाई केन्द्रमा राखी आगामि दिनमा विज्ञान तथा प्रविधिको क्षेत्रलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए।

मन्त्री पोखरेलले स्थानीय र प्रदेश सरकारले पनि प्रविधि र प्राविधिकको विकासमा जोड दिनुपर्ने बताएका थिए। उनले कोरोना भाइरसलाई पराजित गर्न प्रतिरोधात्मक र प्रतिरक्षात्मक प्रविधिको विकासमा तीनै तहका सरकार लाग्नु पर्ने बताए।

‘कोरोनाविरुद्धको लडाइँमा अहिले विज्ञान तथा प्रविधि मनत्रालयले दोस्रो पंक्तिमा बसेर काम गरिरहेको छ’, मन्त्री पोखरेलको भनाइ उद्धृत गर्दै केसीले नेपालखबरसँग भने, ‘स्थिति भायावह हुने दिशातर्फ अग्रसर भए देशभित्रै प्रविधि र प्राविधिक तयार गर्न हिलाबले लाग्नुपर्छ,।’ मन्त्री पोखरेलले प्रविधि पूर्वाधारको पनि पूर्वाधार भएका कारण विज्ञान तथा प्रविधिमा लगानी बढाउनका लागि पहल गर्न सबै प्रदेशका मन्त्रीहरुलाई आग्रह गरेका थिए।

मन्त्री पोखरेलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेका समितिहरुको सुझाब प्रदेश तहमा पनि आवश्यक परेमा उपलब्ध गराउन सकिने र विज्ञहरुसँग अनलाइन बैठक समेत गराउन सकिने बताए।

आगामि दिनमा प्रदेश सरकार तथा केन्द्र सरकारको समन्वयमा प्रत्येक प्रदेशमा एक÷एक विषयमा ‘सेन्टर फर एक्सेलेन्स’ खोली विज्ञान तथा प्रविधिको विकासलाई अगाडि बढाउनु पर्नेमा मन्त्री पोखरेलको जोड थियो।

सो अवसरमा प्रदेशका मन्त्रीहरुले प्रदेश सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा गरेका विभिन्न कामका विषयमा जानकारी गराएका थिए।

आफ्नो प्रदेशमा गरेका कामको बारेमा जानकारी गराउन पाउदा खुसी लागेको र अन्य प्रदेशमा भएका कामको अनुभव लिन पाएको भन्दै प्रदेशका मन्त्रीहरुले खुसी व्यक्त गरेका थिए। उनीहरुले यस्ता बैठकहरु नियमित रुपमा आयोजना गर्नुपर्ने मा जोड दिएका थिए।

बैठकमा यसअघि मन्त्रालयले गठन गरेको कोरोना प्रकोपको सामना गर्न सुझाव दिन गठित समितिका संयोजक पूर्वमन्त्री गणेस साह र उक्त समिति अन्तर्गतका विभिन्न छ वटा उप समितिहरुका संयोजकहरु मध्ये विज्ञान तथा प्रविधि क्षेत्रका चार उपसमितिका संयोजकहरु नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, प्रा. डा. रमेश मास्के, नास्टाका प्राज्ञ दिनेश भुजु र विज्ञान तथा प्रविधि सचिव डा. सन्जय शर्माले आफू अन्तर्गतका समितिले गरेका कामहरुको जानकारी गराउदै तिनै तहका सरकारले अब गर्नुपर्ने कामका बारेमासमेत धारणा राखेको स्वकीय सचिव केसीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad